उबर (Ubar)

By Deepak Pyakurel

रू.247 रू.275
Overview

पुस्तकको बारेमा

उपन्यासमा रहर वा बाध्यतावश विदेशिने नेपालीको मनोविज्ञान सशक्त भएर आएको छ। विदेशी भूमिबाट देखिने नेपाल, नेपालीपन र त्यहाँको भोगाइलाई नजिकबाट छोएर उपन्यासको कथावस्तु बुनिएको छ। एउटा नेपाली कसरी विदेश पुग्छ र कसरी त्यहीँ बस्न बाध्य हुन्छ, अनि उसमा डायस्पोरिक भावना ओतप्रोत भएर आउँछ भन्ने कुरा उबर उपन्यासले पस्केको छ।

द्वन्द्वकालमा भएको नेपाली सेना र विद्रोही माओवादी लडाकुका बीचको दोहोरो भिडन्त मात्र हैन, सामाजिक भिडन्तलाई पनि उपन्यासले यथार्थवादी कोणबाट प्रस्तुत गरेको छ। 

आफ्नो देश छाडेर सपनाको देश अमेरिका पुगेपछि हरेक पल नेपाल सम्झने तर विविध कारणवश पुनः नेपाल फर्कन नसक्ने मार्मिक कथावस्तु उबर उपन्यासले समेटेको छ। नेपाल फर्किने र अमेरिकामै रहने भन्ने पारिवारिक द्वन्द्वका उपन्यास गतिशील बनेको छ। देशको न्यास्रो मेट्न अमेरिकामा रहेका नेपालीहरुले ज्याक्सन हाइट (र, नेपाली भान्छाघर) लाई नै नेपाली समाजको प्रतिनिधि परिवेश बनाइएको छ। 

Nepali
Wishlist Added To Wishlist

You May Also Like

Phirphirey
फिरफिरे

रू.798 रू.718

Usle Diyeko Umer
उसले दिएको उमेर

रू.560 रू.504

Eklo
एक्लो

रू.840 रू.756

Aithan
ऐँठन

रू.695 रू.625

Adiyaka Paila
अडिएका पाइला

रू.650 रू.585