महाभारतमा के छ ? (Mahabharat Ma Ke Chha ?)

By Dr. Mati Prasad Dhakal

रू.715 रू.795
Overview

पछिल्लो बाहिरी पृष्ठबाट

महाभारत हिन्दु धर्म र समस्त संस्कृत वाङ्मयको स्रोत-ग्रन्थ मानिन्छ । श्रीमद्भगवद् गीता’ महाभारतकै भीष्म पर्वबाट लिइएको हो । महाभारतलाई 'पाँचौँ वेद' मान्ने गरिन्छ । यसमा सबै वेद, वेदाङ्ग, उपनिषद्, न्याय, शिक्षा, ज्योतिष, युद्धनीति, योगशास्त्र, अर्थशास्त्र, वास्तुशास्त्र, शिल्पशास्त्र, कामशास्त्र, खगोलशास्त्र, धर्मशास्त्र आदि विषयवस्तुको वर्णन गरिएको छ। जुन जुन विषयवस्तु यस ग्रन्थमा छन्, ती विषयवस्तु संसारमा कहीं न कहीँ अवश्य प्राप्त हुनेछन् तर जुन विषयवस्तु यहाँ छैनन् ती विषयवस्तु संसारमा अन्यत्र कहीं पनि पाइँदैनन् । यही विशालतालाई हृदयङ्गम गरेर यस ग्रन्थलाई 'महाभारत' भनिएको हो ।

महाभारतलाई आ-आफ्नै आलोचनात्मक दृष्टिले व्याख्या-विश्लेषण गरिएका अध्ययन-सामग्रीहरू नेपाली वाङ्मयमा पनि प्रशस्त छन् तर महाभारतमा विद्यमान विषयवस्तुलाई यथार्थरूपमा जनसमक्ष प्रस्तुत गर्ने ग्रन्थको अभाव खड्किरहेका अवस्थामा त्यस किसिमको अभावलाई परिपूर्ति गर्ने सन्दर्भमा यो कृति जनसमक्ष आएको हो । दिनानुदिन मानवीय मूल्य-मान्यता र नैतिक आचरणमा ह्रास आउँदै जान थालेको वर्तमान परिवेशमा नैतिक दर्पणका रूपमा यो कृति व्यवहारोपयोगी हुन सक्नेछ ।

Nepali
Wishlist Added To Wishlist

You May Also Like

Char Veda ko Saar
चार वेदको सार

रू.555 रू.499

Bouddha Darshan
बौद्ध दर्शन

रू.265 रू.238

Bouddha Darshan
बौद्ध दर्शन

रू.299 रू.269

Guna Ratna Mala
गुणरत्नमाला

रू.125 रू.112

Geetako Gantho
गीताको गाँठो

रू.335 रू.319