खान पुगोस् दिन पुगोस् (Khana Pugos, Dina Pugos)

By Rabindra Mishra

रू.337 रू.375
Overview

About the Book

Khana Pugos, Dina Pugos is a collection of essays by Rabindra Mishra. The essays primarily focus on the dual themes of 'Practical Philanthropy' and 'Philanthropic Journalism', both of which the writer promotes and practices. The book offers a new approach to the practice of philanthropy and journalism. Like his previous publication, the writer is donating the royalty of this book to support the Chepangs, one of the most deprived communities in Nepal.

पछिल्लो बाहिरी पृष्ठबाट

"खारिएका चिन्तन तथा अनुभूतिले भरिएका, जति पढ्दै गयो उति पढौंपढौं लाग्ने ५३ वटा रसिला, झरिला निबन्धहरूको सँगालो हो "खान पुगोस्, दिन पुगोस्।" - कान्तिपुर दैनिक

"यो प्रत्येक मनकारी नेपालीले एकएक प्रति आआफ्नो घरमा राख्नै पर्ने पुस्तक हो ।" - अन्नपूर्ण पोष्ट दैनिक

"साहित्यले मान्छेलाई क्रान्तिकारी बनाएका धेरै उदाहरण छन्, तर 'खान पुगोस्, दिन पुगोस्' स्तम्भ-निबन्ध संग्रहले मान्छेलाई क्रान्तिकारी होइन कल्याणकारी बन्न प्रेरित गरेको छ ।" - नागरिक दैनिक

रवीन्द्र मिश्र बीबीसी नेपाली सेवाका सम्पादक तथा नेपालीहरूको सबभन्दा ठूलो कल्याणकारी सञ्जाल हेल्प नेपाल नेटवर्क (www.helpnepal.net) का संस्थापक हुन् । उनले बीबीसीका विभिन्न महत्त्वपूर्ण विभाग तथा पाकिस्तानमा पनि पत्रकारका रूपमा काम गरेका छन । 'परोपकारी पत्रकारिता' र 'व्यावहारिक परोपकार' को अभ्यास र पैरवी गर्ने मिश्र 'कल्याणकारी समाज' र 'कल्याणकारी राज्य व्यवस्था' को अवधारणामा विश्वास गर्छन । उनले नेपाल, पाकिस्तान र बेलायतबाट क्रमशः अङ्ग्रेजी साहित्य, पत्रकारिता र अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरेका छन् । यसअघि उनको 'भूमध्यरेखा : अर्थहीनताभित्र अर्थ खोज्दा' पुस्तक प्रकाशित छ ।

यो पुस्तकको बिक्रीबाट लेखकले प्राप्त गर्ने सम्पूर्ण लेखकस्व चितवनको कान्दा क्षेत्रका अत्यन्त विपन्न चेपाङ समुदायहरूको सहयोगार्थ खर्च हुनेछ । लेखकको यसअघि प्रकाशित भूमध्यरेखा : अर्थहीनताभित्र अर्थ खोज्दाको लेखकस्व पनि सोही समुदायको हितका लागि प्रदान गरिंदै आएको छ ।

ISBN: 9789937905848
Nepali
Wishlist Added To Wishlist

You May Also Like

Asahamati 3
असहमति ३

रू.500 रू.450

Chhuteka Anuhar
छुटेका अनुहार

रू.345 रू.310

Godhuli Sansar
गोधूलि संसार

रू.225 रू.202

Koshiko Katha
कोशीको कथा

रू.295 रू.265